३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् मुख्य पाँच एजेण्डा



४ कार्तिक ०७८, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे बस्न लागेको हो । केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पार्टीका स्थानीय अधिवेशन, पालिका अधिवेशन लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
मुख्यगरी बैठकमा विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषयमा छलफल हुने एजेण्डा तय भएको छ ।
त्यसैगरी, देशका विभिन्न स्थानमा हालैको अविरल वर्षका कारण भएको जनधनको क्षतिका विषयमा पनि बैठकमा छलफल हुने तामाङले बताए।

विधान महाधिवेशन सकिएपछि पार्टीको कुनै तहको बैठक बसेको थिएन। त्यस्तै स्थायी कमिटी बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनका विषयमा पनि आवश्यक छलफल हुने बताइएको छ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।