८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरका कम्युनिष्ट नेता ठक्कर शर्माको निधन



५ कार्तिक ०७८, ललितपुर । ललितपुरका पुराना कम्युनिष्ट नेता ठक्कर शर्माको आज निधन भएको छ । केही समयअघि भारतमा कलेजो प्रत्यारोपण गरेर फर्केका शर्माको शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
प्रजातान्त्रिक आन्दोलनको समयमा मालेमा रहेर राजनीति गरेका शर्मा पछिल्लो समय माओवादी केन्द्रमा आवद्ध थिए । दक्षिण ललितपुरको महाकाल गाँउपालिका १ बुखेलमा जन्मिएका बजगाई पछिल्लो केही दिनदेखि अस्वस्थ्य थिए ।
उनको शव दाहसंस्कारका लागि केही समयपछि पशुपति आर्यघाटतर्फ लैजाने कार्यक्रम छ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ६ : १९ बजे