८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


चापागाँउ र लेले फाँटमा लागेन धानको बाला, किसान चिन्तित



विग्रेको धानको वाला देखाउदै किसान निरोज देशार । ललितपुर खबर

ललितपुर खबर
११ कात्तिक ०७८, चापागाँउ । चापागाँउ र लेलेलगायतका फाँटमा हाइव्रिड धानमा बाला नलागेपछि किसान चिन्तित भएका छन् ।
चापागाँउका निरज देशारले बज्रवाराहीमा डेढ रोपनी खेलमा धान लगाए । कार्तिक लाग्यो धान नुगेन बाला लागेन । उनी भन्छन्, धान हरियो नै छ । बाला छ दाना छैन ।(हेर्नुस तस्विर)
चापागाँउमा निरोजको मात्रै होइन चापागाँउमा नारायणदेशार,सुरेन्द्र देशार र बद्रि देशारलगायत एक दर्जन भन्दा धेरै किसानको धान विग्रेको छ ।
निरज आफूले ललितपुर लगनखेलस्थित काठमाडौं एग्रोबाट किनेको बताउछन् । किलोको ९ रुपैया तिरेर किने डेढ रोपनीमा धान लगाएका निरज दश हजार लगानी लागेको बताउछन् । उनी भन्छन्,‘वर्षदिन खाने धान फलेन अव किनेर खाने पर्ने भयो ।’

बज्रवाराही फाँटमा विग्रेको धानको वाला । ललितपुर खबर

धेरै धान फल्ने हल्लाको पछि लागेर एक्ले धान लगाउदा आफू फसेको उनी बताउछन् । भन्छन्, ‘हामीले नगरपालिका लगायतसरोकारवाला निकायमा कुरा गरेका छैनौ । अव क्षतिपूर्तिको पहल गर्छौं ।’
चापागाँउका नारायण देशार स्थानीय विउ विजन विस्तापित हुँदा हाइब्रिड विउको भर पर्नुपर्ने अवस्थाका कारण अप्ठ्यारो परेको गुनासो गर्छन् ।
लगनखेलस्थित काठमाडौं एग्रोका गणेश बानियाँ अघिल्लो बर्षको तुलनामा यस बर्ष धेरै धान विग्रेको बताउछन् ।
चिनियाँ कम्पनीको डिवाई २८ धानको विउ विग्रेको उनी  बताउछन् । यो धानलाई कम पानी चाहिने हुँदा विग्रेको उनको भनाई छ । यो धान कम चिसो र नाइट्रोजन कम भएको कारण विग्रेको हो ।
केही बर्ष अघि भक्तपुरमा धेरै किसानको धान विग्रदा समेत किसानले क्षतिपूर्ति नपाएको उनी बताउछन् । उनी भन्छन्, ‘यो धानमा क्षतिपूर्ति पाइदैन ।’
उनका अनुसार चापागाँउ र लेलेमा धेरै किसानको यो बर्ष धान विग्रेको छ । अघिल्लो बर्ष इण्डियन धानमा कालोपोके आएको भन्दै यो बर्ष  चिनिया धान धेरै किसानले लगाए ।
यो धान काठमाडौंको ट्रेड प्याइन्ट टेकुले चिनबाट ल्याएर बिक्रि गरिरहेको उनको भनाई छ ।
भक्तपुरको चाँगुनारायण क्षेत्रमा दर्जनौं परिवार यो जातको बीउ किनेर रोप्दा नफलेको बानियाले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ११ : १५ बजे