६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विवेकशील साझा अध्यक्ष रविन्द्र मिश्रको दस्तावेज पारित



११ कात्तिक ०७८, काठमाडौं । विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज विहीबार बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्तावेज ‘मार्ग परिवर्तनःविचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णयलाई दुईतिहाइभन्दा बढी मतले पारित गरेको छ ।
स्थानीय तहलाई पुनःर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको यस दस्तावेजलाई केन्द्रीय समितिका १ सय २४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ भने पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको निष्कर्ष निकालेको छ ।
पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने तथा राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रमकरूपमा अघि बढ्ने निर्णय पनि गरेको बताइएको छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ८ : ११ बजे