८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


पाटन सडकमा हिलो : पाहुनाले देखेपछि मेयर चिरिबाबु लाजले भुतुक्कै (तस्विर)




१२ कात्तिक ०७८, ललितपुर । विहीबार पाटन दरवारपरिसरको हिलो बाटोमा स्पेनका भिआइपिलाई भ्रमण गराउदा महानगरका मेयर चिरिवावु लाजले भुतुक्कै भएका छन् ।
स्पेनको स्वायत्त प्रान्त एक्टेमदुराका सभामुख तथा सोसलिस्ट पार्टी अध्यक्ष ब्लान्का मार्टिन डेलगाडोसहितको टोलीलाई ललितपुर महानरको मंगलबजार क्षेत्र घुमाउने क्रममा दरवार परिसरबाट गोल्डेन टेम्पल जाने क्रममा सडक हिलो थियो । यही हिलाम्मे सडक हुँदै मेयर चिरिवावु महर्जन र उपमेयर गिता सत्याललगायतको टोली पाहुना घुमाउने क्रममा थिए ।
स्पेनकी स्वायत्त प्रान्त एक्टेमदुराका सभामुख तथा सोसलिस्ट पार्टी अध्यक्ष ब्लान्का मार्टिन डेलगाडो अघि अघि थिइन् भने मेयर चिरिवावु र उपमेयर गिता उनको पछि पछि थिए । हिलाम्मे सडकमा यात्रा गराउदा मेयर उपमेयर दुवैको अनुहार त्यसबेला रातो रातो देख्न सकिन्थ्यो ।


गेल्डेन टेम्पलबाट फर्कने क्रममा भने टोलीलाई हिलाम्मे बाटो छलेर लगिएको थियो । यो सडक २ वर्षअघि कालोपत्र गरेको ३ महिनामै पुरै भत्केर जस्ताको तस्तै भएको थियो ।
मेयर मर्जजनले पाटलाई स्मार्ट सिटी बनाउने नारा दिएर निर्वाचन जितेपनि कार्यकाल पुरा हुनेबेलासम्म यहाँका सडक अझै भत्केका भेटिन्छन् ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : २६ बजे