६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री देउवा बेलायत जाँदै



१२ कात्तिक ०७८, काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाँदै छन् । स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन देउवा बेलायत जान लागेका हुन् । प्रधानमन्त्री भइसकेपछि देउवाको पहिलो विदेश भ्रमण हो ।
अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुने जलवायु परिवर्तन सम्बन्धीसमिटमा प्रधानमन्त्री देउवासहित १८ जनाको प्रतिनिधिमण्डल रहनेछ ।

टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा.पेम नारायण कँडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधव कार्की लगायत छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायती प्रधानमन्त्री बोरिस जोनसन लगायतसँग भेट गर्ने कार्यक्रम छ ।

शुक्रबार साँझ लन्डनमा उत्रने प्रधानमन्त्रीले अर्को दिन बेलायती मन्त्री र उच्च अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।

जलवायु परिवर्तन सम्बन्धी समिटका लागि उनी अक्टोबर ३१ तारिखमा लण्डनबाट ग्लास्गोतर्फ प्रस्थान गर्ने छन् ।

नोभेम्बर १ र २ तारिखमा देउवा ग्लास्गोमा रहने छन् । प्रधानमन्त्री देउवा नोभेम्बर ३ मा नेपाल फर्कने कार्यतालिका बनेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : २५ बजे