६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानन्यायाधीशविरुद्ध बारले आजदेखि चरणबद्ध आन्दोलन गर्दै




१४ कात्तिक ०७८, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशशशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले आजदेखि चरणबद्ध आन्दोलन गर्दैछ। प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन माग गर्दै बारले निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा विरोध कार्यक्रम गर्ने भएको हो।
गत शुक्रबार नै आन्दोलन घोषणा गरेको बारले कानुन व्यवसायीलाई कालो पट्टी बाँधेर विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

बारको निर्णयमा भनिएको छ, ‘कार्तिक १४÷१५÷१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकामा रहेका बार एकाइका कानुन व्यवसायीज्यूहरूलगायत सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई अनुरोध गर्ने।’

बारका विरोध कार्यक्रम
–मिति २०७८ कार्तिक १४/५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालो पट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकामा रहेका बार एकाइका कानुन व्यवसायीज्यूहरूलगायत सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई अनुरोध गर्ने।

–मिति २०७४/०७/१६ गते सर्वोच्च अदालत प्रांगणमा धर्ना तथा विरोधसभा गर्ने।

–न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसन (नेबाए)​ को निर्णयको बारेमा ९० वटै बार एकाइहरूमा परिपत्र गर्ने र नेबाएको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने।

–नेबाएका ९० वटै बार एकाइहरूका अध्यक्ष र सचिवज्यूहरूसँग भर्चुअल (जुम) मार्फत छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने।

–उल्लिखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रमहरू घोषणा गर्ने।

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ८ : ५६ बजे