६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा



 

१५ कात्तिक ०७८, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीले लोकतन्त्र नै खतरामा परेको दाबी गरे ।

१० भदौमा मुख्यमन्त्री बनेका आचार्य २५ गते नै अल्पमतमा परेका थिए । एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । तर बहुमत नपुग्ने देखेपछि उनले मत विभाजनको सामना नगरेका हुन् ।

पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० गते मुख्यमन्त्री बनेका थिए । तर उनी मुख्यमन्त्री बनेको १५ दिनमै अल्पमतमा परेका थिए ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ४ : ०८ बजे