६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


५३३ संक्रमित थपिँदा ४९० जना निको



१५ कात्तिक ०७८, काठमाडौं । नेपालमा सोमबार थप ५३३ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ४६८ पीसीआर र ४ हजार १९६ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ११ जना पुगेको छ। कुल संक्रमितमध्ये ९ हजार ३१८ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४९० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९२ हजार २७७ पुगेको छ।

उक्त अवधिमा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको छ। हाल ११८ जना क्वारेन्टाइनमा छन्। २४१ जना आइसीयू र ७४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : ५६ बजे