२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रदेश १ : राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन ५० सांसदको हस्ताक्षर




१५ कात्तिक ०७८, काठमाडौं । नेकपा एकीकृत समाजवादी प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन ५० सांसदले हस्ताक्षर गरेका छन्।
गठबन्धनका ५० सांसदसहित राईले मुख्यमन्त्रीको दाबी समेत गरिसकेका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारीले मंगलबार दिउँसो १ बजेसम्म दाबी पेस गर्ने समय उपलब्ध गराएका थिए। उनले सूचना जारी गरेको केहीबेरमै राईले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।
बहुमतका लागि प्रदेश सभामा ४७ सांसद आवश्यक पर्दछ। प्रदेश सभामा कूल ९२ सांसद छन्। गठबन्धनका पक्षमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन र लोकतान्त्रिक समाजवादीका एक सांसद छन्।

एमालेका ४१ सांसद छन्। मुख्यमन्त्री भीम आचार्यले सोमबार नै राजीनामा दिएका थिए। एमाले अब प्रमुख प्रतिपक्ष दल हुने भएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।