८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरका नेता ठक्कर शर्माको सम्झनामा श्रद्धाञ्जली सभा



१८ कात्तिक ०७८, ललितपुर । ललितपुरका नेता ठक्कर शर्माको सम्झनामा १३ औं पुण्य तिथिमा बुधबार ललितपुरमा स्मृति सभा आयोजना गरिएको छ ।
ललितपुरको थसिखेलस्थित बुद्ध एकेडेमीमा आयोजित श्रद्धाञ्जली सभामा उर्जामन्त्री पम्फा भुसाल,स्वास्थ्यमन्त्री विरोध खतिवडा,एमाओवादी स्थायी समिती सदस्य लिलामणी पोखरेललगायतले शर्माको तस्विरमा पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरे ।


उर्जामन्त्री पम्फा भुसालले शर्मा समकालीन राजनीतिकका निष्ठावान् नेता रहेको बताएन् । उनले भनिन्, ‘ठक्कर शर्माले लाभको राजनीति गर्नु भएन । सधै कम्युनिष्ट राजनीतिमा जनताको सेवामा लाग्नु भयो ।’
श्रद्धाञ्जली सभामा वागमती प्रदेश कमिटी सदस्य दिपेन्द्र श्रेष्ठले अक्षयकोष निर्माणका लागि राखिएको प्रस्तावमा राखेका थिए भने मन्त्री पम्फा भुसालले एक महिनाको तलव दिने घोषणा गरिन् ।
प्रदेश सासंद माधव पौडेलले शर्मा जताको माझमा रहेर राजनीति गर्ने नेता रहेको बताए । उनले भने, ‘उहाँ सधै जनताको माझमा रहन रुचाउनु हुन्थ्यो ।’
एमाओवादीमा स्थायी समिती सदस्य लिलामणी पोखरेलले विद्यार्थी राजनीतिबाट आफूले नै उनलाई राजनीतिमा ल्याएको सस्मण गर्दै ४२ वर्षअघि विद्यार्थी राजनीतिमा शर्मा जल्दोबल्दो नेता रहेको बताए ।
पुर्वराजदुत टंक कार्कीले ठक्कर शर्माले नेपाली राजनीतिमा कम्युनिष्ट पार्टीलाई उचाईमा पु¥याउन योगदान दिएको बताए ।
नेपाली काँग्रेसका जिल्ला कमिटी सदस्य ऋषिराम घिमिरेले ठक्कर शर्माजस्तो इमानदार नेता आजको राजनीतिमा भेट्न मुस्किल पर्ने बताए ।
भारतमा कलेजो प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहेका नेता शर्माको गत कात्तिक ५ गते शुक्रबार मृत्यु भएको थियो ।
प्रजातान्त्रिक आन्दोलनताका मालेमा रहेर राजनीति गरेका शर्मा २०६५ सालमा आयोजित जावलाखेलको कार्यक्रमबाट माओवादी केन्द्रमा प्रवेश गरेका थिए । दक्षिण ललितपुरको महाकाल गाँउपालिका १ बुखेलमा जन्मिएका बजगाई पछिल्लो केही दिनदेखि अस्वस्थ्य थिए ।
शर्माको योगदानमा आधारित स्मृती ग्रन्थ निर्माणका लागि एक समिती बनाइएको छ । उनको ४५ औं पुण्य तिथीको अवसर पारेर कात्तिक १९ गते पुस्तक लोकापर्ण गर्ने कार्यक्रम छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ८ : ४८ बजे