८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ठेचोको नवदुर्गा मन्दिरको पुर्ननिर्माणपछि उद्घाटन




ललितपुर खबर
१८ कात्तिक ०७८, ठेचो । ललितपुरको ठेचोस्थित नवदुर्गा मन्दिरको पुर्ननिर्माणपछि विहीबार उद्घाटन गरिएको छ । ललितपुरकी सासंद तथा उर्जा तथा सिंचाईमन्त्री पम्फा भुसालले रिवन काटेर मन्दिरको उद्घाटन गरेकी छिन् ।
एर्जामन्त्री भुसालले नेवारी समुदायको संस्कृती जगेर्ना गर्न आफूले सधै पहल गर्ने बताइन् । मन्त्री भुसालले भनिन्, मालि समुदायको गुठीको भवन निर्माणमा मैले पहल गर्नेछु ।
पचलीभैरव एनपिएस जेभिले २ करोड ३८ लाख लागतमा २०७६ साल पौषमा निर्माण सुरु गरको यो मन्दिर कोरोनाका कारण २०७७ पौषभित्र सम्पन्न हुनु पर्नेमा झण्डै एक वर्ष ढिला निर्माण सम्पन्न भएको हो । मन्दिर ठेक्का लाग्नुअघि पुरातत्व विभागले १५ लाख काठ किन्न बजेट छुट्याएको नवदुर्गा मन्दिर संरक्षण समितीका अध्यक्ष प्रशान्त मालीले बताए ।
भुकम्पपछि जिर्ण रहेको यो मन्दिर पुर्ननिर्माणका लागि स्थानीयबासीले लामो समय मन्त्रालय र पुरातत्व विभागमा पहल गरेको मालीले बताए ।
कार्यक्रममा नवदुर्गाको जात्रा संस्कृती संरक्षणका लागि गोदावरी नगरपालिकाद्धारा ३० लाख रुपैयाँ अक्षयकोष निर्माणका लागि नगरपालिकाका मेगर गजेन्द्र महर्जनले हस्तान्तरण गरेका थिए ।
नगरपालिका मेयर महर्जनले आफू जनप्रनितिनिधिको रुपमा आएपछि जात्रा,पर्व,संस्कृती संरक्षणका लागि सकेको सहयोग गर्दै आएको बताए । उनले भने, ‘नगरपालिकाको श्रोतले भ्याएसम्म अझैं सहयोग गर्नेछौं ।’
ललितपुर नगरपालिकाका मेयर चिरीबाबु महर्जनले गोदावरी नगरमा संस्कृती जात्रा पर्व र सम्पदा संरक्षणमा आएको जागरणको खुलेर प्रशंसा गरेका थिए ।
२०७९ सालको गणमंगलमा नवदुर्गाको १२ वर्षे जात्रा चल्दैछ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ३ : ४३ बजे