८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ढोलाहिटी चापागाँउ सडक १६ मिटर विस्तार गर्ने मन्त्री भुसालको भनाई



ललितपुर खबर
२३ कात्तिक ०७८, चापागाँउ । ललितपुरकी सासंद तथा उर्जामन्त्री पम्फा भुसालले ढोलाहिटी चापागाँउ सडक १६ मिटर चौडाईमा विस्तार गर्न सकिने बताएकी छिन् । ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले गोदावरी नगरका मेयर गजेन्द्र महर्जनले स्थानीयबासी १६ मिटर सडक विस्तार गर्न राजी भएको जानकारी दिएको भन्दै १६ मिटर विकल्पमा सडक विस्तार गर्न सकिने विचार व्यक्त गरेकी हुन् ।


यहाँको जनताले इच्छा अनुसार नै यहाँको सडक विस्तार गर्न आफू राजी भएको मन्त्री भुसालले बताइन् । उनले भनिन्, आफू ठेचो चापागाँउ आउँदा यहाँका मिडियाले बाटो बाटो बनेर समाचार लेख्छन् ।
कसैले बन्द कोठामा बसेर २२ मिटर भनेर जनताको घर डोजर लगाएर भत्काउने योजना विकाश नभई विनास हो भन्दै मन्त्री भुसालले आफू त्यसको पक्षमा कहिले पनि नरहेको बताइन् ।
गोदावरी नगरका मेयर जगेन्द्र महर्जनले १६ मिटरसम्म सडक विस्तार गर्न स्थानीयबासी राजी भएको जानकारी पाएको भन्दै मन्त्री भुसालले स्थानीयबासीको सहमतीमा मुआव्दा दिएर घरहरु भत्काउने बताइन् । उनले भनिन्, क्षतिपूर्तिको व्यवस्था छैन। मुआव्जा दिन्छौं ।
उनले धापाखेल सडक १४ मिटर फराकिलो बनाउन आफ्नो पहलमा टेण्डर भइसकेको समेत बताइन् ।
यहाँको जनताले ठूलो बाटो चाहे ठूलो बनाउने यस्तै चाहे यस्तै राख्ने उनको भनाई थियो । मन्त्री भुसालले भित्रि सडकमा थोरै जग्गामा घर बनाएर सडक अगाडिका घर भत्काएर सडक विस्तार गर्न माग गर्नु जायज नभएको समेत बताइन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ३० बजे