८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


जव पाटनमा महादेव र नारायणको युद्ध चल्यो (भिडियो)



ललितपुर खबर
२८ कात्तिक ०७८, पाटन । पाटन दरवारमा साँझ भीड थियो । भीडको विचबाट महदेव र नारायणको भेषमा दुई पुरुष आए । हातमा लिएको धनुषबाट चलाएर एकाएक युद्ध सुरु भयो । निरन्तर घमासान युद्ध चल्यो । दुवै उस्तै फुर्तिला उस्तै बलिया थिए ।


लामो समय युद्ध चले पनि रोकिने छाँटकाँट थिएन । एकाएक देवि उत्पत्ती भइन् । दुवै बराबरको शक्ति रहेको भन्दै युद्ध रोक्न आग्रह गरिन् । युद्ध रोकियो ।
यो दृश्य हो पाटन दरवार परिसरमा शनिबार साँझ देखाइएको कात्तिक नाचअन्र्तगत उषाहरण अन्र्तगत महादेव र नारायणको युद्धको ।
गत कात्तिक २४ गतेबाट पाटन दरवारमा चलिरहेको कात्तिक नाच यस बर्ष (८ दिन) मंसिर १ गतेसम्म चल्नेछ ।
कोरोना महामारी कम भएसँगै गत ८ बर्षदेखि १२ दिन चल्दै आएको यो नाच ८ दिन चलाउने निर्णय भएको कात्तिक नाच संरक्षण समितीका प्रचार प्रमुख संजय शर्मा राजोपाध्यायले ललितपुर खबरलाई बताए ।
२०७० सालबाट कात्तिक नाच संरक्षण समिती निर्माण भई कात्तिक नाच व्यवस्थित भइरहेको छ । यस अघि कात्तिक नाच प्रवन्ध समिती थियो ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ९ : ०० बजे