६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोनाबाट नेपालमा मृत्यु हुने संख्या ११ हजार ४ सय



फाइल तस्विर

२९ कात्तिक ०७८, काठमाडौं । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ७८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएसँगै यो संख्या पुगेको हो । अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय ७४ हजार ४ सय ५२ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३ सय ११ रहेको छ । अहिले होम आइसोलेशनमा छ हजार ७ सय ७९, संस्थागत आइसोलेशनमा ५ सय ३२, आइसीयुमा २ सय २५ र भेन्टिलेटरमा ६६ जनाले उपचार गराइरहेका छन् ।
सोमबार ४ सय १६ मा कोरोना संक्रमण
देशभर पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ४ सय २ को परीक्षणपछि यो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १७ हजार ३ सय ३३ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार १ सय ३६ जना रहेको छ । आज २ सय ७० जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९८ हजार ५ सय ४४ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ५९ बजे