तपाई को हो ?
सपनाको शहर मा सपनाहरु रित्तिएपछी
राहादानी कुरिरहेको सिक्षित युबा सोध्दै थियो ।
तपाई को हो??
सोध्दै थियिन
गालामा योबनको सम्भावना लाई लुकाएर
नसाको नमिठो लत संगै बेचिना लगेकी युवती
दाई तपाईं को हो??
रोगले ग्रास्त अनुहारमा चाउरिएका मुजा बोकि
मृत्युको प्रतीक्षारत बुढी आमा सोध्दै थियिन।
बाबू तिमी को हो??
स्याहार नपुगी भत्किन लागेको पुरानो
महल जस्तै बुढा बुवा झन धेरै ।
सोध्दै थिए बाबू सच्ची तिमी को हौ?
भन्न मन थियो एटोम बम जसरी पडकिएर…
सुनाउना मन थियो बन्दुकको गोलि जसरी पर पर सम्म
चिच्याउएर।
ए …म क्रान्तिकारी हुँ।
तर……..
क्रान्ति का बन्दुक हरुत बेचिसकेका रहेछन।
बेचिएका रहेछन् क्रान्ति गर्ने कम्रेडहरु
बन्दुकहरु सत्तासङ्ग बिचिएछ्न
कम्रेड पैसा सङ्ग खाडीमा बिचिएछ्न
बेचिन त सबै बेचिएका रहेछ्न
समाजवाद बिचिएछ ..बेचिएछ साम्यबाद।
के अब मलाई क्रान्ति कारी मन्नु हुन्छ?
यदि म उनीहरु जस्तो क्रान्तिकारी भए भने
ठूलो जाहाजमा चडेर उनिहरुलाइ नै मस्ती गर्ने
रेमिटेन्स पठाई राख्नु पर्छ।
अनि असल क्रान्तिकारी भए भने मेरा लागि मेरै
देश मा धेरै जेल र हिरासत बनेका छन।
अब भन्नुस म को हु !?
मनोज बुढा
प्रतिक्रिया