६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा १२० सहित नेपालमा थप २९९ जनामा कोरोना संक्रमण



 

मंसिर ०७८, काठमाडौं । काठमाडौं काठमाडौं उपत्यकामा १२० सहित नेपालमा थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २९९ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ११ हजार १५१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

७ हजार ८६३ जनाको पिसिआर परीक्षण र ३२८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ७ हजार ६४२ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ।

२६० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।

त्यस्तै, काठमाडौं उपत्यकामा १२० थपिएका छन्। जसमध्ये काठमाडौंमा ९०, ललितपुरमा २५ र भक्तपुरमा ५ संक्रमित छन्।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ५ : ३५ बजे