८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरका ६ वटै प्रदेशसभामा कांग्रेसको नयाँ नेतृत्व, २ ’क’मा सर्वसम्मत



४ मंसिर ०७८, ललितपुर । नेपाली कांग्रेस ललितपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भएको प्रदेशसभा अधिवेशनले यी निर्वाचन क्षेत्रमा नयाँ नेतृत्वको निर्वाचन र सर्वसम्मतमार्फत चयन गरिएको हो ।
ललितपुर १ ’क’ मा मिलन सिलवाल र ’ख’मा ज्ञान बहादुर सभापतिमा चयन भएका छन् । ललितपुर २ ’क’ मा दिवाकर नेपाल निर्वाचित भएका छन् भने २ ’ख’मा चन्द्रमान महर्जन निर्वाचित भएका छन् ।
३ ’क’को प्रदेशसभा सभापतिमा वीरेन्द्र महर्जन निर्वाचित भएका छन् । ३ ’ख’मा सुरेन्द्र डंगोल निर्वाचत भएका छन् । ललितपुर कांग्रेस निर्वाचन समितिका संयोजक लोक कार्कीका अनुसार नवनिर्वाचित पदाधिकारीको विवरण आज शनिबार औपचारिक रुपमा सार्वजनिक गरिने छ ।
ललितपुर २ मा सर्वसम्मत
ललितपुर २ ’क’ मा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
निर्वाचन समितिका संयोजक लोकबहादुर खड्काका अनुसार ’क’ प्रदेशसभा सभापतिमा चन्द्रमान बज्राचार्य, उपसभापति नातीकाजी महर्जन र रवी महर्जन, सचिवमा सुरेन्द्र बज्राचार्य र सुदीप श्रेष्ठ, सहसचिवमा प्रमोदमान चित्रकार र महेश श्रेष्ठसहित २५ जनाको कार्यसमिति चयन भएको हो । न्युज कारखाना

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १० : ०० बजे