६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा १ सय ३० सहित नेपालमा थप २ सय ३८ जनामा कोरोना संक्रमण



५ मंसिर ०७८, काठमाडौँ । नेपालमा थप २ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २३ परिक्षणमा २३८ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट ११ हजार ४ सय ९६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ६४ रहेको छ।
काठमाडौँ उपत्यकामा १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार काठमाडौँमा ९८, भक्तपुरमा ८ र ललितपुरमा २४ जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ५ : ५७ बजे