८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर कांग्रेस : क्षेत्रीय अधिवेशनमा तीब्र प्रतिस्पर्धा




६ मंसिर ०७८, ललितपुर । ललितपुरमा आज सोमबार हुने नेपाली कांग्रेसको क्षेत्रिय अधिवेशनमा तीव्र प्रतिस्पर्धा हुने भएको छ । तीन वटा क्षेत्र रहेको ललितपुरमा जिल्ला सभापति निकट गजेन्द्र महर्जन,रामकृष्ण चित्रकार,मिनकृष्ण महर्जन र जितेन्द्र श्रेष्ठका समर्थक उम्मेदवारहरुबीच प्रतिश्पर्धा हुने देखिएको हो ।
आज ललितपुर १ को अधिवेशन बज्रवाराहीस्थित फूलबारी पार्टी प्यालेसमा हुँदैछ । उद्घाटनसत्रपछि ११ बजेतिर उम्मेदवारीको दर्ता हुने मतदान प्रतिनिधि उद्योगप्रसाद तिमल्सिनाले बताए । उनले भने,‘अहिलेसम्म सुन्दरमान थिङ र रामकृष्ण लामा (इन्द्र)को उम्मेदवारी को चर्चा छ ।’
सुन्दरमान उदयसम्सेर राणा निकट हुन् भने रामकृष्ण जिल्ला सभापति मदन बहादुर अमात्य निकट हुन् ।
ललितपुर २ को अधिवेशन ललितपुरको ग्वार्कोस्थित मण्डला पार्टी प्यालेसमा हुँदैछ । निर्वाचन प्रक्रिया १ बजेबाट हुने मतदान संयोजक गणेश खनालले बताए । ललितपुर २ मा रामकृष्ण चित्रकार,मदन बहादुर अमात्य र प्रकाश नन्दन जोशी प्यानलसहित प्रतिस्पर्धामा छन् ।

ललितपुर ३ को अधिवेशन जावलाखेलमा हुने छ । बिहान ९ बजेबाट सुरु हुने कार्यक्रम दिउँसो १ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने मतदान संयोजक सुरेश घिमिरेले बताए । उनले भने, ’अहिलेसम्म विश्व तुलाधर र महेश्वर थापा क्षेत्रीय सभापतिमा आकांक्षि देखिएका छन् ।
तुलाधार मदनबहादुर अमात्यको प्यानलबाट निर्वाचनमा होमिएका हुन् भने थापा रामकृष्ण चित्रकारको प्यानलबाट उम्मेदवारी दिने तयारीमा छन् । न्युज कारखाना

 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ८ : ५२ बजे