८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


कांग्रेस ललितपुर १ सभापतिमा थिङ विजयी



७ मंसिर०७८,चापागाँउ। नेपाली कांग्रेस ललितपुर १ क्षेत्रीय सभापतिमा सुन्दरमान थिङ विजयी भएका छन् । विजयी थिङले ३ सय ५२ मत ल्याएका छन् । भने उनका प्रतिस्पर्धी रामकृष्ण लामा ९इन्द्र०ले २ सय ४६ मत मात्र पाए ।

ललितपुरको बज्रवाराहीमा आज मंगलबार बिहाज सार्वजनिक मतपरीणम अनुसार महाधिवेशन प्रतिनिधिमा थिङको प्यानलले लगभग क्लिनस्विप गरेको छ ।

विपक्षी प्यानलबाट मधुराप्रसाद घिमिरे, खोमप्रसाद घिमिरे र खुला तर्फ रञ्जना तिमल्सिना विजयी भएका छन् अने अरु सबै प्रतिनिधि सुन्दरमानको प्यानल विजयी भएको मतदान अधिकृत उद्योग प्रसाद तिमल्सिनाले जानकारी दिए ।

विजयी हुनेमा सचिवमा मधुराप्रसाद शर्मा, शेखर न्यौपाने, सहसचिवमा विजय कुमार लो र मनोहर सिलवाललगायत छन् । क्षेत्रीय महाधिवेशन सभापतिमा फरक प्यानलमा रामकृष्ण लामा ९इन्द्र०को प्यानलले उम्मेदवारी दिएको थियो ।न्युज कारखाना

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ३५ बजे