८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


एक युवा जसले काँग्रेसको गुट अस्वीकार गरे




ललितपुर खबर

‘मैले तरुण दलको झण्डा समात्दा झण्डामा कुनै गुट थिएन । भुकम्पमा उद्दारमा हिड्दा त्याहाँ गुट थिएन । माओवादीसँग लड्दा मैले मेरो गुट देखिन आन्दोलानको क्रममा पुलिसको लाठीले मेरो गुट हेरेन । टाउको फुटेर बगेको रगतले मलाई गुट सोधेन । मेरो भाँचिएको खुट्टाले मेरो गुट सोधेन । राजदरवारकै अगाडि गणतन्त्रको नारा लगाउदै गर्दा मेरो छातीमा तेर्सिंएको आर्मीको राइफलले मेरो गुट हेरेन । संगठन गर्दा भोक भोकै हिडेको पेटले मेरो गुट सोधेन । कोरोनाको कहरमा गरिव जनता भोकै नपरुन भनेर फूड बैंक चलाउदा गुट थिएन तर आज पार्टीमा जिम्मेवारी खोज्दै गर्दा मेरो गुट खोजिदै छ……
मलाई सोधिदै छ तिमी मेरो गुटको हो की होइनौं ?
मचिच्चाउदै सगौरव भन्छु मेरो गुट काँग्रेस । मेरो गुट रुख ।
म चारतारा गुटको । म जय नेपाल गुटको
जय देपाल ! जय नेपाल ! ! जय नेपाल ! ! ! ’
यी पंङ्ती हुन् ललितपुर बज्रवाराहीस्थित नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन निर्वाचनको क्रममा एक उम्मेदवार अनिल श्रेष्ठले राखेको व्यानरको प्रचार सामाग्री । निर्वाचनस्थलमा धेरै व्यानर टाँगिएका थिए । तर अनिलको यो प्रचारशैली बज्रबाराहीमा चर्चाको विषय बन्यो ।
अनिल लामो समयदेखि नेपाली काँग्रेसमा समाजसेवासँगै राजनीतिमा जोडिएको बताउँछन् । उनका अनुसार उनले धेरै सामाजिक काम गरे । तर कोरोनाको महामारीमा चापागाँउ बजारमा फुड बैंक चलाउदा उनको कामको राम्रो चर्चा भएको थियो ।
नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनमा आफू जिम्मेवारीमा आउन खोज्दा अनिलको चित्त दुखेको बताउछन् । एक गुटले उनलाई निर्वाचनमा किटक दिएन । भन्छन्, ‘मलाई अर्को गुटले आर्कशक पद सहित चुनाव लड्न अनुरोध गरेको थियो । तर मैले मानिन । स्वतन्त्र लड्न तयार भए ।’
तर स्वतन्त्र उम्मेदवारी दिएका अनिलले निर्वाचनपमा १ सय ४९ मात्रै मत पाए । गुट अस्विकार गर्दा उनी निर्वाचनमा पराजित भएका छन् ।
गुट अस्विकार गर्दा आफू पराजित भए पनि आफू जित्ने समकक्षीहरुबीचमा बसेर बधाई दिएका र खुशी साटेको अनिल बताउछन् । गुटले राजनीतिलाई धुमिल बनाएको बुझाई राख्ने गुटगत राजनीतिले लोकतन्त्रलाई कमजोर बनाएको बताउछन् ।
गुटगत राजनीतिका कारण पराजित अनिल आफूले जितेको बताउछन् । भन्छन्, ‘गुट अस्वीकार गर्ने आँट गरे ।मैले हारेर पनि मेरो जित भएको छ ।’

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ११ : ०४ बजे