८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर काँग्रेस सभापतिमा चार नेताको रोचक भिडन्त




ललितपुर खबर
८ मंसिर ०७८, चापागाँउ । नेपाली काँग्रेस ललितपुर सभापतिमा रोचक भिडन्त देखिएको छ । यही मंसिर १० गतेका लागि तोकिएको जिल्ला महाधिवेशनमा जितेन्द्र श्रेष्ठ(मलेक)ु,गजेन्द्र महर्जन,रामकृष्ण चित्रकार,मिनकृष्ण महर्जन जिल्ला सभापतिका आकाँक्षी देखिएका छन् ।
शेरबहादुर देउवा नजिक रहेका मीनकृष्ण महर्जनलाई उदयशक्सेर राणाको आर्शिवाद छ । शेर बहादुर देउवाकै प्यानलबाट गजेन्द्र महर्जन पनि महाधिवेशनमा दावेदारी प्रस्तुत गर्ने तयारीमा छन् । उनलाई जिल्ला सभापति मदन बहादुर अमात्यको साथ र समर्थन रहेको छ ।
अधिल्लो महाधिवेशनमा मदनबहादुर अमात्यलाई ठाँउ छोडेर गुन लगाएका रामकृष्ण चित्रकार पनि जिल्ला सभापतिको दावी गर्दै चुनावी मैदानमा उत्रिएका छन् । ललितपुरको शहरी इलाकाका कार्यकर्ताहरुमाझ राम्रो पकड राख्ने चित्रकारको दक्षिण ललितपुर क्षेत्रमा कमजोर रहेको कार्यकर्ताहरु चर्चा गर्छन् । ललितपुरको २ नम्मबर क्षेत्रमा आफू बलियो रहेको बताउदै चित्रकारले भने मैले दक्षिण ललितपुरका डाँडा काँडा धेरै चाहारेको छु । संगठन विस्तारमा धेरै समय खर्चेको छु । यस क्षेत्रबाट पनि मलाई राम्रो सद्भाव छ ।
ललितपुर महानगरको ३ नम्बर वडा निवासी ५६ वर्षिय जितेन्द्र श्रेष्ठ २०५० सालदेखि नेपाली काँग्रेसको क्रियाशिल सदस्य छन् । उनी ३०७३ सालमा जिल्ला सभापतिका आकाक्षी समेत रहेका थिए । श्रेष्ठले आफू सबै आकाक्षीहरुसँग छलफलको क्रममा रहेको उनले बताएका छन् । उनले भने,सबैसँग समिकरणको विषयमा कुराकानी भइरहेको छ । तर म उम्मेदवारी फिर्ता कुनै पनि हालतमा गर्दिन ।
पछिल्लो समय ललितपुरमा मीनकृष्ण महर्जन र गजेन्द्र महर्जनको प्यानन मिलाएर उम्मेदवारी दिने पहल सुरु भएको छ । गजेन्द्र महर्जन पुन गोदावरी नगरपालिकाको मेयरको उम्मेदवारी दोहो¥याउन चाहेका कारण जिल्ला सभापतिको दाबी प्रस्तुत गरिरहेको एक नेताले दावी गरे । गजेन्द्र महर्जनले ललितपुर खबरसँगको कुराकानीको क्रममा आफूहरु समिकरणको विषयमा छलफल गरिरहेको पुष्टि गरे ।
यद्यपी गजेन्द्र महर्जन र मीनकृष्ण महर्जनको समिकरण मिलेको खण्डमा ललितपुरको काँग्रेसको सभापति पदमा चित्रकार र श्रेष्ठको विजय हुने सम्भावना कम रहेको जिल्लामा चर्चा हुन थालेको छ ।
मदनबहादुर अमात्य र मीनकृष्ण महर्जन शेरबहादुर देउवा प्यानल रहेको कारण पनि ललितपुरमा यो फलफल सार्थक हुने विश्लेषण हुन थालेको छ ।
मदनबहादुर अमात्य र मीनकृष्ण महर्जन शेरबहादुर देउवा प्यानल रहेको कारण पनि ललितपुरमा यो छलफल सार्थक हुने विश्लेषण हुन थालेको छ । केन्द्र पनि मदन बहादुर र मीनकृष्णलाई मिलाउने प्रयासमा रहेको बुझिएको छ ।
अन्यत्र भन्दा ललितपुर क्षेत्र नं. १ मा भोटर ज्यादा रहेको कारण पनि काँग्रेस महाधिवेशन जित्न दक्षिण ललितपुरको आर्शिवाद जरुरी छ ।
ललितपुर जिल्ला सभापतिका लागि १ हजार ३ सय ५८ भोट रहेको छ ।
ललितपुर क्षेत्र नम्बर १ मा ६ सय ६ जना, ललितपुर क्षेत्र नं. २ मा ३ सय ३२ र ३ मा ४ सय १० जिल्ला सभापतिलाई होट हाल्ने भोटर छन् । यी बाहेक पालिकाबाट १० जना थ प भोटर छन् ।
क्षेत्रीय अधिवेशनपछि आएको मत परिणामले जिल्ला सभापति कसले जित्छ भन्ने अझैं एकिन हुन नसकेको जिल्ला नेताहरु चर्चा गछन् । पछिल्लो समयमा जसले बलियो समिकरण बनाउछ उसैले जिल्ला सभापति हात पार्ने उनीहरुको भनाई छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ८ : ३८ बजे