६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


न्यायालयको समस्या समाधान गर्न पाँचदलीय गठबन्धन तयारः प्रचण्ड



८ मंसिर ०७८, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयको समस्या समाधानका लागि पाँचदलीय गठबन्धन तयार रहेको बताएका छन्।

बुधबार सुदूरपश्चिम प्रदेशको कैलाली पुगेका अध्यक्ष दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न गठबन्धन तयार रहेको बताए ।
न्यायालयको समस्यामा गठबन्धनका पाँच दलहरूको नै गम्भीर ध्यानाकर्षण भएको भन्दै दुई दिनको अवस्था हेरेर समस्या समाधान गर्ने बताए । अदालतमा ठूलै समस्या हुन्छ भन्ने कतिपयले कल्पना गरेको भए पनि कुनै ठूलो समस्या सिर्जना हुन्छ भन्नेमा गठबन्धन नरहेको उनको भनाइ थियो।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : ५७ बजे