८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


रामकृष्ण-गजेन्द्र समिकरणसँगै उम्मेदवारी घोषणा



ललितपुर खबर
९ मंसिर ०७८, चापागाँउ । ललितपुर काँग्रेसमा रामकृष्ण चित्रकार र गजेन्द्र महर्जनको नयाँ समिकरण बनेको छ । ललितपुर काँग्रेसको अधिवेशनको पुर्वसन्ध्यामा मंगलबार अवेर कुमारीपाटीस्थित अग्नी पार्टी पयालेसमा कार्यक्रमका बीच रामकृष्ण चित्रकारले उम्मेदवारी घोषणा गरेका छन् ।
जिल्ला सभापति मदनबहादुर अमात्यको अगुवाईमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा खोमप्रसाद घिमिरे र गजेन्द
महर्जनलाई उपसभापति घोषणा गरिएको छ । कार्यक्रममा पुर्वसभापति एब सासंद चन्द्र महर्जन र ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन पनि सहभागी थिए ।
१३ औं महायिधवेशनमा सभापति बनाउन सघाएका रामकृष्ण चित्रकारले गुनको बदला मदन बहादुर अमात्यले तिरेका छन् । कार्यक्रममा अमात्यले मञ्चबाट तीनै उम्मेदवारहरुलाई आगामी नेतृत्वका लागि अघि सारिएको घोषणा गरेका थिए ।

ललितपुर क्षेत्र नं. १ मा तुलात्मक रुपमा कमजोर रहेका चित्रकारलाई गजेन्द्रको साथले ललितपुर काँग्रेसको सभापति जित्ने सम्भावना बलिलो बन्दै गएको छ ।
चित्रकारको ललितपुर क्षेत्र नं. २ मा बलियो पकड रहेको छ भने ललितपुर ३ मा उनको ठिकै प्रभाव क्षेत्र रहेको कार्यकर्ताहरु माझ चर्चा छ ।
पछिल्ला दिनमा का पुर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन र जितेन्द्र कुमार श्रेष्ठ जिल्ला सभापतिको उम्मेदवारी दिने बताउदै आएका छन् । श्रेष्ठले गत तीन महिनादेखि जावलाखेलमा सम्पर्क कार्यालय बनाएर छलफल चलाइरहेका छन् ।
मीनकृष्ण महर्जनलाई पुर्वसासंद उदयशम्सेरको साथ रहेको छ । मीनकृष्ण महर्जनको समर्थनमा क्षेत्र नं. १ सभापति सुन्दरमान थिङसँगै प्रदेश क सभापतिमा मिलन सिलवाल र खमा ज्ञान बहादुर लोले विजय प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ११ : ३२ बजे