६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस सभापतिमा विमलेन्द्र निधिले उम्मेदवारी दिने(पूर्णपाठ)



९ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

बिहीबार एक कार्यक्रमकाबीच उनले उम्मेदवारी घोषणा गरेका हुन्। कार्यक्रममा वितरित विज्ञप्तिमा उनले पार्टी सुदृढीकरण र आगामी निर्वाचनमा कांग्रेसको बहुमतका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु। परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेकोसमेत स्पष्ट गर्न चाहन्छु।’

हेर्नुहोस्

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ३ : ५५ बजे