१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा १३० सहित नेपालमा थप ३०८ जनामा कोरोना संक्रमण



मंसिर ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा १३० सहित नेपालमा थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १६ पुगेको छ।

बिहीबार २९८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ३४९ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार १०४ पीसीआर तथा १ हजार ८०५ एन्टिजेन परीक्षण भएको छ। काठमाडौँ उपत्यकामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार काठमाडौँमा ७८, भक्तपुरमा १६ र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ५ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।