६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अदालत विवाद : बारका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा




१० मंसिर ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देवाउले आज शुक्रबार नेपाल बार एसोसिएसनका पदाधिकारीलासँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बिहान साढे १० बजे छलफलका लागि बोलाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।
देउवाले नेपाल बार र सर्वोच्च अदातल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एक महिनादेखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।
गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाएको थियो । उक्त ध्यानाकर्षणपत्र आज प्रधानमन्त्री देउवालाई पनि बुझाउने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ७ : ४२ बजे