६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अध्यक्ष ओलीद्वारा नवयुग अनलाइनको शुभारम्भ   



१० मंसिर ०७८, चितवन ।  नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आधिकारिक मुखपत्र इनवयुग डटकमको शुभारम्भ गरेका छन् ।

लामो सयमदेखि पार्टीको मुखपत्रका रुपमा रहेको नवयुग पत्रिका अबदेखि डिजिटलरुपमा प्रसारण हुने र त्यसमा पार्टीका आधिकारिक धारणा, गतिविधि र दस्तावेज रहने एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

नारायणी किनारमा निर्मित मञ्चमा पार्टीका अध्यक्ष ओलीले उद्घाटन गरेपछि अहिले विभिन्न दलका नेताको शुभकामना मन्तव्यको क्रम जारी छ । सभामा शुभकामना दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष अतिथिका रुपमा सहभागी छन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : ५८ बजे