६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद र सहकार्य आवश्यक: प्रधानमन्त्री देउवा   



१० मंसिर ०७८, चितवन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक रहेको बताएका छन् ।

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले दलहरुबीच नीतिगत विषयमा भएका बिमतिहरुलाई संविधानमार्फत निर्धारण गरेका विधिबाट टुङ्गो लगाउनुपर्ने बताए । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले भने, “त्यसलाई हामी सबैले स्वीकार गर्ने पद्धति बसाल्नु पर्दछ । नेपाली कांग्रेस पार्टी यिनै मूल्य मान्यताप्रति प्रतिबद्ध रहेको छ ।”

लोकतान्त्रिक संसदीय शासन, पद्धतिको मर्मअनुसार १०औँ महाधिवेशन आयोजना गर्ने नेकपा एमालेलाई बधाई दिँदै उनले महाधिवेशनको पूर्ण सफलताको कामना पनि गरे । उनले भने, “नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उतारचढाव पार गर्दै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी सफल भएका हौँ ।” सबै मिलेर संविधानसभाबाट नयाँ संविधान बनाएको स्मरण गराउँदै उहाँले यसलाई संस्थागत गर्न जिम्मेवारी सबै दलहरुमा रहेको बताए ।
प्रधानमन्त्री देउवाले नयाँ संविधानमार्फत लोकतन्त्रका मूल्य र मान्यतालाई संस्थागत गर्न यस अभियानमा विभिन्न राजनैतिक दलहरुसँगै नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै हामीहरुबीच मतभेदहरु रहेको छ र त्यसैका कारण फरक राजनैतिक दलमा आबद्ध भएको बताए । उनले भने, “लोकतान्त्रिक मूल्यमान्यतालाई जीवन पद्धति बनाउन, कानुनी शासन र जनाधिकार स्थापना गर्न, व्यक्तिगत स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न तथा राष्ट्रियतामा जनतालाई सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउन एवम् समृद्धिको पहुँचमा हरेक नागरिकलाई पु¥याउन हामी सबै पार्टी एक हुनुपर्दछ ।”

प्रधानमन्त्री देउवाले मुलुक कोरोनाले आक्रान्त भएका बेला खोप पु¥याउनु हाम्रो पहिलो कर्तव्य थियो भन्दै सबैको साथ र सहयोगले लक्ष्य हासिल गर्न सफल भएको बताए ।

प्रधानमन्त्री देउवाले लोकतान्त्रिक संविधानको भावनाअनुरुप देशमा सुशासन, सद्भाव, समृद्धि कायम गर्न आफ्नो पार्टी पद्ध्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ५ : ३९ बजे