६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले महाधिवेशनः शीर्षनेताको शुभकामना



१० मंसिर ०७८, चितवन । चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा आजदेखि सुरु भएको एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिएका छन् ।

एमाले महाधिवेशनलाई सफलताको शुभकामना दिँदै नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले नेपालमा कम्युनिष्ट पार्टीको एकता अनिवार्य रहेको बताए। उनले राष्ट्रिय हित र विकासमा मतभेद हुन नहुने धारणा राखे ।

“कम्युनिष्ट आन्दोलनलाई सफलताको शिखरमा पु¥याउन एकता र धु्रवीकरण अपरिहार्य छ”, उनले भने, “विचार र कार्यदिशा एकताको आधारशिला हो । एक्लो यात्राले समृद्धि हासिल गर्न कठिन छ ।” राष्ट्रिय हितका विषयमा सबै एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए । एकता, सङ्घर्ष र सहकार्य निरन्तर चलिरहने प्रक्रिया हो भन्दै नेता पोखरेलले कम्युनिष्ट पार्टीको बीचमा मतभेद र तीक्तता भए पनि सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधानलाई समावेशी र सङ्घीयतालाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिए । ओलीले मधेस आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयन गरेको उनको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिष्ट पार्टी एकजुटको विकल्प नरहेको बताए । उनले कम्युनिष्ट एकताले मात्र देश र जनताको हित हुने धरणा राखे । देश र जनताका लागि दल एक ढिक्का हुनुको विकल्प नरहेको केसीको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेका अध्यक्ष ओलीले राष्ट्रको हितमा काम गरेर नेपाली जनतालाई गुन लगाएको बताए । ओलीले लिपुलेक–लिम्पियाधुरासहितको नयाँ नक्सालाई संस्थागत गरेको उनको भनाइ थियो । चीनसँग व्यापार र पारवाहन सम्झौता गर्न सफल भएको अध्यक्ष थापाले बताए । उनले ओली सरकारले मधेसको पृथकतावादी आन्दोलन र विप्लव समूहलाई शान्तिपूर्ण अभियानमा ल्याएको उल्लेख गरे ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ६ : ०३ बजे