
११ मंसिर ०७८, मकवानपुर । मकवानपुरको हेटौडाबाट एक बृद्धलाई बाघको दात र नगद सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट बाघको जस्तो देखिने दाँत १ थान र श्रोत नखुलेको नगद १ लाख ५२ हजार रुपैयाँ सहित यसै उपमहानगरपालिका ६ बस्ने ५९ वर्षीय भिम रावतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त दाँत र नगद सहित फेला पारी पक्राउ गरेको हो
।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।







प्रतिक्रिया