८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर काँग्रेस निर्वाचनमा लफडा, राणामाथि अन्र्तघातको आरोप



 

१२ मंसिर,०७८, ललितपुर । ललितपुर काँगे्रसको निर्वाचनमा क्रममा आज विहान केही समय लफडा भएको छ ।
ललितपुरका नेता मीनकृष्ण पक्षले उदय शम्सेर राणालाई जितेन्द्र कुमार श्रेष्ठलाई सहयोग गरेको भन्दै आरोप लगाएपछि लफडा भएको छ ।
विवादको क्रममा राणा झोकिएपछि केही समय लफडा लम्बिएको थियो ।


निर्वाचन संयोजक लोक बहादुर खड्काले केही समय होहल्ला भए पनि खासै विवाद नभएको बताए । उनले भने,‘निर्वाचन सुरु हुनुअघि भोट माग्ने क्रममा केही समय नाराबाजी भएको थियो ।’
मीनकृष्ण महर्जनका एक समर्थकले भने, ‘अब हाम्रा साथीहरुले रामकृष्ण चित्रकारलाई सहयोग भएका छन् ।’
मीनकृष्ण महर्जन पहिलो चरणको निर्वाचनको क्रममा पराजित भएपछि अन्र्तघातको आरोप लगाउदै मीनकृष्ण पक्ष समर्थकहरु सामाजिक सञ्जालमा तथानाम गाली गर्दै स्टाटस पोष्ट गरिरहेका छन् ।
राणासँग विषयमा कुरा गर्न यस खोज्दा उनी बोल्न चाहेनन् ।
निर्वाचन संयोजक खड्काका अनुसार अहिले निर्वाचन शान्तिपुर्वक चलिरहेको छ ।

ललितपुर काँग्रेसका निर्वाचन अधिकृत सुरेश घिमिरेका अनुसार उममेदवारहरु रामकृष्ण चित्रकारले ५ सय ४, जितेन्द्रकुमार श्रेष्ठले ४ सय ८२ र मीन कृष्ण महर्जनले ३ सय ३६ ल्याएका मत ल्याएका थिए ।
प्राप्त मत परिणम अनुसार तीनमध्ये कसैको पनि ५१ प्रतिशत मत नआएपछि आज आइतबार धेरै मत ल्याउने रामकृष्ण चित्रकार जितेन्द्र मलेखुबीच ८ बजे पुनः निर्वाचन भइरहेको छ ।
आज विहान ८ बजेबाट ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा भएको निर्वाचन भइरहेको हो ।

आइतबार निर्वाचनको क्रममा १ हजार ३ सय २२ मत खसेको थियो । मतगणनाको क्रममा १० मत भने बदर भएको थियो ।
ललितपुरमा जिल्ला कार्यसमितीलाई मतदान गर्ने १ हजार ३ सय ४८ मतदाता छन् ।
आइतबार १ बजेसम्म मतदान गर्ने कार्यक्रम राखिएको छ । लगत्तै सभापतिद्वयको मतगणना गरिनेछ । निर्वाचन अधिकृत  घिमिरेका अनुसार  अनुसार त्यसपछि मात्रै अन्य पदाधिकारी र कार्यसमिती सदस्यहरुको मत गणना गर्ने कार्यक्रम छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : ५८ बजे