१७ मंसिर ०७८,काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ ।
जेजी क्रियशन युट्युब च्यानलमार्फत निर्माण गरिएको गीत विहीबार सार्वजनिक गरिएको हो । प्रवासमा रहेर नेपाली गीत, सङ्गीतलाई माया गर्ने गीतकार ज्योति गुरुङले कोरेको शब्दमा सङ्गीतकार गङ्गाराज राईले लय हालेका हुन् ।
गीतको भिडियोमा मोडल नम्रता सापकोटा, विकास लामिछाने र भोजराज शर्मालाई फिचरिङ गरिएको छ । े
निर्देशक सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा जया शर्माले रचनात्मकता थपेका छन् । राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्शन गरेको भिडियोलाई उत्सव दाहालले छायाङ्कन गर्नुभएको हो भने राजकुमार श्रेष्ठले सम्पादन गरेका छन् ।
गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रालगायतका गीत बजारमा आइसकेका छन् ।
प्रतिक्रिया