१९ मंसिर ०७८, काठमाडौं । राप्रपा नेपालको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै नयाँ अध्यक्षको रुपमा लिङ्देन विजयी भएका हुन् ।
भ्र्खरैसकिएको मत गणनाको नतिजा अनुसार लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याएका छन् ।
पराजित थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए भने चार सय १३ मत बदर भएको थियो ।
लिङ्देनको मत गणनाको परिणाम सार्वजनिक भएलगत्तै थापाले ट्वीट गर्दै अध्यक्षमा लिङ्देन विजयी भएकोमा बधाई दिएका छन् ।
प्रतिक्रिया