२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अध्यक्षमा हारेपछि कमल थापाको पुर्वराजामाथि आक्रोस




१९ मंसिर ०७८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोशित भएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै थापाले ट्विटरमा एउटा स्टाटस लेख्दै ‘निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना’ गरेका छन्।
‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। धन्यवाद ज्ञानेन्द्र वीर विक्रम शाह । उनले आफूले उन्मुक्ति पाएको पनि बताएका छन् ।
’सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।,’ उनले ट्विट गरेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।