७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस प्रदेश अधिवेशनः सभापतिमा संस्थापनकै वर्चस्व




२० मंसिर ०७८, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा सभापतिमा संस्थापनकै वर्चस्व देखिएको छ । प्रदेश २ बाहेक अन्यमा नेपाली कांग्रेसको प्रदेश अधिवेशन सकिएको छ। अधिवेशनसँगै ती प्रदेशमा सभापतिको परिणामसमेत आइसकेको छ।
अधिवेशन भएको छ प्रदेशमध्ये गण्डकी र लुम्बिनीमा संस्थापनइतर (वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष) को सभापति विजयी बनेका छन्। बागमती, कर्णाली र सदूरपश्चिम प्रदेशमा भने देउवा पक्षका सभापति विजयी बनेका छन्। प्रदेश एकमा भने सभापति देउवा र नेता कृष्ण सिटैलाको समूह बनेको थियो।
प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी बनेका छन्। प्रदेश २ मा भने अधिवेशन हुन सकेको छैन। अब महाधिवेशन पछिमात्र गर्ने भनिए पनि मिति तय हुन भने सकेको छैन।

बागमती प्रदेश सभापतिमा देउवावक्षीय इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।
गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्। लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन्। वरिष्ठ नेता पौडेल पक्षका पुनले पार्टी सभापति देउवा पक्षका भरतकुमार शाहलाई पराजित गर्दै लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्।

कर्णाली प्रदेश कार्यसमितिको सभापतिमा देउवा पक्षका ललितजंग शाही निर्वाचित भएका छन्। सभापति लागि भएको त्रिपक्षीय भीडन्तमा उनले पहिलो मतदानमै सहजै जित निकालेका हुन्। संस्थापनइतरका भुपेन्द्रजंग शाहीलाई पराजित गर्दै उनी सभापति बनेका हुन्।

सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन्। सुदूरपश्चिममा देउवा पक्षकै बलायरको प्यानलले नै जित निकालेको हो।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १० : ५५ बजे