८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


यस्तो छ आजको मौसम




२३ मंसिर ०७८, काठमाडौं । देशका अधिकांश स्थानको मौसम आशिंक बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १ को पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रदेश १ को भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ।
महाशाखाका अनुसार आज राति प्रदेश १ र प्रदेश २ का भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी भूभागमा हिमपात तथा तराईका भू–भागमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने भएकाले चिसो बढ्ने महाशाखाले जनाएको छ।

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल मौसमको अवस्था (Present Weather Status)

https://www.youtube.com/@lalitkhabar

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर २३ गते (विहीबार)

दिउँसो : प्रदेश नं १ को  भू-भागमा आंशिक देखि सामान्य बदली,  बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः : प्रदेश नं १ र प्रदेश नं २ को भू-भागमा आंशिक देखि सामान्य बदली,  बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र प्रदेश नं २  का भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ मंसिर २४ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ मंसिर २५ गते (शनिबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श (Warning/Advisory for next 24 hours)

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी वुलेटिन तथा सूचनाको जानकारी लिनु हुन समेत अनुरोध छ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।