२३ मंसिर ०७८, काठमाडौं । महाधिवेसनको पूर्वसन्ध्यामा सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्न लागेको हो ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति हुनेछ ।
शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनको अघिल्लो दिन कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो । आगामी महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनः नेतृत्वका लागि चुनाव लड्दैछन् । संस्थापनइतरबाट भने सभापतिका साझा उम्मेदवारको तय भइसकेको छैन ।
प्रतिक्रिया