७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देउवाको प्यानलमा शशांक




२७ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै छ । सभापतिको दौडमा शेरबहादुर देउवा, प्रकाशमानसिंह, विमलेन्द्र निधि, शेखर कोइराला र कल्याण गुरुङ रहेका छन् । गुरुङबाहेक बाँकी चार जनाले प्यानलसहित सभापतिको प्रतिस्पर्धामा मैदानमा उत्रिएका छन् ।
नेतृत्व चयनका लागि मतदानअघि आफू पक्षधर नेताहरूलाई देउवा समूहले बाँडेको मतपत्रको नमुनामा देउवा समूहमा शशांक कोइरालाको नाम पनि उल्लेख छ ।
कोइराला परिवारबाट शेखर प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका बेला उनकै परिवारिक सदस्य शशांक देउवा समूहमा रहँदा सुजाता कोइराला प्रकाशमान सिंह समूहबाट उपसभापतिको उम्मेदवार बनेकी छन् ।
देउवा समूहले बाँडेको नमुना मतपत्रमा ३५ सिटका लागि हुने खुला खुला सदस्यमा नाम उल्लेख छ । कांग्रेस निर्वाचन समितिले दिइने मतपत्रको क्रम संख्या ८१ शशांकको नाम रहेको जनाउ दिने गरी देउवा समूहले नमुना मतपत्र बाँडेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : ४० बजे