२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान शुरु, प्रधानमन्त्री देउवा आइपुगे मतदान गर्न



२७ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । साढे तीन घन्टा ढिलो गरी सुरु भएको मतदानमा आफ्नो मत हाल्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल आइपुगेका छन् ।

केही समयअघि उनी बालुवाटारबाट राष्ट्रिय सभा गृह आइपुगेका हुन् । सुदूरपश्चिम प्रदेशको मतदान केन्द्रको बुथ राष्ट्रिय सभामा भएकाले देउवाले त्यहीबाट मतदान गर्ने भएका छन् । देउवा सभापतिका प्रत्यासीसमेत हुन् ।

नेता कुलबहादुर गुरुङले पहिलो मतदान गरेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १२ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।