१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोनाको खोपमा पनि घूस




२७ मंसिर ०७८, काठमाडौं । सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप लगाई दिएबापत घूस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साहले हेल्थ असिस्टेन्टमा अध्ययनरत विद्यार्थी कृष्णाकुमार यादवलाई परिचालन गरी सेवाग्राहीसँग रु २० हजार घूस मागेका थिए ।

निःशुल्क रुपमा उपलब्ध हुने कोरोनाको खोप लगाउन घूस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गालबाट गएको टोलीले जनकपुर उपमहानगरपालिका–७ नयाँ बसपार्कबाट घूससहित पक्राउ गरेको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।