९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


केकी अधिकारीको जन्मदिनमा ‘सिल्ली फो’को इन्डक्ल्याप




२ पुस ०७८, काठमाडौं । अभिनेत्री केकी अधिकारीको शुक्रबार परेको जन्मदिनको अवसरमा उनी अभिनित फिल्म ‘सिल्ली फो’को इन्डक्ल्याप गरिएको छ । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्मको केही समययता नेपालगञ्ज आसपास छायांकन भइरहेको थियो ।
निर्देशक सानेले कमेडी जनरामा निर्माण भएको फिल्मले केकीलाई जन्मदिनको शुभकामना दिँदै छायांकन पूरा गरेको बताए । फिल्ममा केकीका अलावा धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल, अनिता लामिछानेलगायतका कलाकारको अभिनय छ ।
यही फिल्मबाट दिनेश रेग्मी, भूगोल कार्की र रमेश बजगाईले अभिनयमा डेव्यु गर्दैछन् । ह्याप्पी फिल्मको व्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् ।
विशाल श्रेष्ठ र सागर विष्ट सहनिर्माता रहेको फिल्ममा रवि केसीको मेकअप, शिव विकको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन् । न्युन कारखाना

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १० : १८ बजे