
३ पुस ०७८,भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) भक्तपुर अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।
शनिबार भएको निर्वाचनपछि श्रेष्ठले सेमन्तराज सुवेदीलाई ४२ मतले विजयी भएका हुन् । शनिबार भएको निर्वाचनमा श्रेष्ठले ७० मत ल्याए भने सुवेदीले मात्रै २८ मत पाएका थिए ।
उनीनवरत्न इंगलिस स्कुल थिमिका प्रिन्सिपल हुन् । श्रेष्ठका विरुद्ध दिपज्योति इंगलिस सेकेण्डरी स्कुलका सेमन्तराज सुवेदीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए ।
कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा राजन कसपाल, उपाध्यक्षमा विणा पाण्डे, सचिव विजय कर्माचार्य, कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठ,सहकोषाध्यक्ष लक्ष्मी कुटु,सहसचिवमा सोमकृष्ण प्रजापति विजयी भए । सदस्यहरुमा मिना महर्जन, सूर्य भण्डारी, लिलानाथ निरौला, खुल्ला सदस्यमा देवानन्द त्वाती, ईश्वरबहादुर श्रेष्ठलाई निर्विरोध निर्वाचित भए ।
महाधिवेशन प्रतिनीधिमा सानुराजा कार्कीलाई पनि निर्विरोध प्रतिनीधि छनोट भएका छन् ।
३ पुस २०७८, शनिबार
0
Shares








प्रतिक्रिया