१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यी जिल्लामा १२–१७ वर्षसम्मका बालबालिकालाई मोडर्ना खोप (सूचीसहित)



४ पुस ०७८, काठमाडौं । सरकारले आजबाट देशका ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप लगाउने अभियान शुरु गरेको छ।

बालबालिकालाई मोडर्ना खोपको पहिलो मात्रा आजदेखि पुस १४ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। झन्डै १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ।
हरेक बालबालिकालाई खोप केन्द्र पठाउन मन्त्रालयले आग्रह गरेको छ। मोडर्नाको पहिलो मात्रा लिएका बालबालिकालाई माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा लगाइने मन्त्रालले जनाएको छ।

सरकारले उपत्यकाका ३ जिल्लासहित ८ जिल्लामा यही पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाउने भएको छ।  दोस्रो मात्रा भने माघ ४ गतेदेखि माघ १३ गतेसम्म लगाइने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।