
५ पुस ०७८, मकवानपुर । मकवानपुरमा लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक चोरी भएको छ ।
भीमफेदीमा कवि श्रेष्ठको शालिक अनावरण गर्ने तयारी गरिएको थियो । तर शनिबार राति सालिक चोरी भएको इलाका प्रहरी कार्यालय भिमफेंदीले जनाएको छ ।
करिब पाँच लाख रुपैयाँको लागतमा निर्माण गरिएको पित्तलबाट निर्मित शालिक प्रहरी कार्यालय भीमफेंदीबाट २ सय मिटर पश्चिम ज्योति पुस्तकालय परिसरमा आइतबार बिहान अनावरण गर्ने कार्यक्रम थियो । उक्त शालिक शनिबार साँझ नै सो स्थानमा राखेर कपडाले छोपिएको थियो ।
शालिक अनावरण गर्न प्रमुख अतिथिको रुपमा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलगायतका अतिथि अघिल्लो दिन नै हेटौंडा आएका थिए । तर बिहान उठेर हेर्दा शालिक थिएन ।








प्रतिक्रिया