७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेसको मधेसी कोटामा उम्मेदवारी दिएका विनोद चौधरी जित नजिक



६ पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका अर्बपति उद्योगपति विनोद चौधरी जित नजिक पुगेका छन् । केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा चौधरीले ४३०४ मत गन्दा २०२३ मत पाउँदै दोस्रो स्थानमा छन् ।

खुला मधेसीतर्फ पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा छन् । निर्वाचन समितिकाअनुसार ४६६५ मत खसेकोमा अब बाँकी ३६१ मतको गणना भइरहेको छ । ४३०४ को परिणाममा विनोद चौधरीले दोस्रो स्थानमा रहँदै जित सुनिश्चित गरेका हुन् । पहिलो स्थानमा २३३० मतसहित अजय चौरसियाले अग्रता लिएका छन् ।

तेस्रो स्थानमा चन्द्रमोहन यादवले १९६९ मत पाएका छन् । चौथो स्थानमा रहेका महेन्द्र कुमार रायले १८३२ र पाँचौं स्थानमा दिनेश कुमार यादवले १८०९ मत पाएका छन् । छैठौं स्थानमा रहेका सुभाषचन्द्र यादवले १७४६ मतसहित अन्तिम पाँचलाई पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : ५१ बजे