२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


प्रशान्तले ल्याए ‘पनौती पहिले र अहिले’ तस्विर पुस्तक




६ पुस ०७८, पनौती । झण्डै ५० वर्षअघिको पनौती र आजको पनौतीलाई नयाँ पुस्ताले अब तस्विर पुस्तकमा देख्न पाउने भएको छ ।
विसं २०२८ सालतिरको पनौतीका धार्मिक–सांस्कृतिक स्थल, मठमन्दिर देखेर प्रभावित भएका एकजना फ्रान्सेली समाजसेवकको प्रयासमा फ्रान्स सरकारको उदार सहयोगमा त्यहाँका मन्दिर देवलको पुनर्निर्माण तथा त्यसबेलाको पनौतीलाई छविकार प्रशान्त श्रेष्ठका तस्विरले पुस्तकको आकार पाएका हुन् ।
पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले आज मंगलबार ललितपुरस्थित फ्रान्सेली केन्द्रमा आयोजित एक कार्यक्रममा ‘पनौती १९७०–२०२० ए फोटोबुक’ संयुक्तरुपमा विमोचन गरेका छन् ।
त्यस अवसरमा राजदूत बुरबाआले फ्रान्स–नेपाल सम्बन्ध सरकारीस्तरका साथै जनस्तरमा पनि सुमधुर रहेको बताउँदै त्यसलाई थप प्रगाढ तुल्याउन आफू प्रतिबद्ध रहेको बताए । उनले नेपालका कला र सांस्कृतिक सम्पदाबाट आफू प्रभावित भएको बताएका छन् ।

 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।