२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज माओवादीको स्थायी कमिटी बैठक बस्दै



फाइल तस्विर

९ पुस ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहान बस्ने भएको छ । ११ पुसबाट काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ८ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।