९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


पाटन भेटिएको शिलापत्रको अक्षर सिमेन्टले विग्रिएछ,पढ्नै कठिन




८ पुस ०७८, पाटन । पाटन दरवारपरिसरमा भेटिएको ऐतिहासिक शिलापत्रमा सिमेन्ट लगाएर पुरिएको कारण विग्रेको पाइएको छ ।
पाटन म्युजियमका निमित्त कार्यकारी निर्देशक सुरेस लाखेले शिलापत्र ढलमाथि गाडिएको अवस्थामा फेला परेको बताए । उनले भने,शिलापत्रका अक्षहरु विग्रने गरी सिमेन्ट लगाइएको अवस्थामा भेटियो । त्यसबेला संरक्षणका लागि नै सिमेन्ट राखेर बलियो बनाइएको होला । तर एक लाइन अक्षर पढ्न नसक्ने गरेर विग्रेको छ ।’
निर्देशक लाखेले विज्ञहरुसँग परामर्स गरेर अक्षरहरु नविग्रने गरेर सिमेन्ट निकाल्ने प्रयास गर्ने बताए । उनले भने, ‘यो सम्भव भएन भने गाह्रो पर्छ ।’

पाटन दरवार परिसरस्थित मुल चोकमा राखिएको शिलापत्र छोप्दै दर्नाल । लेन्स : ललितपुर खबर

पुरातत्व विभागबाट अवकाश प्राप्त नीति विशेषज्ञ श्यामसुन्दर राजवंशीले यो शिलालेश अध्ययन गरिरहेका छन् । उनका अनुसार लो शिलालेख अखबार पढे झैं पढ्न सकिन्न । विस्तारै पढ्नुपर्छ ।
राजवंशीले २०३२ सालमा ढल राख्दा ढल माथि सिमेन्ट पुरेको हुनसक्ने बताए । उनले भने, ‘ढलमा छुने गरेर सिमेन्ट राखेर गाडिएको रहेछ ।’
सिमेन्ट राखिएको कारण अक्षरहरु पढ्न समस्या परेको उनले बताए । भने, ‘सेमेन्टका कारण पनि अक्षरहरु खिइएका छन् । आशा गरौं त्यो सिमेन्ट निकाल्न सकिन्छ ।’
उनले त्यो सिमेन्ट निकाल्न र पढ्न महिनौ लाग्न सक्ने बताए । ‘सिमेन्ट बल गरेर निकाल्दा अक्षर विग्रन्छ । निकाल्न समय लाग्छ’ उनले भने ।
पुरातत्व विभागकी नासु अञ्जु शर्माले राजा विश्वदेव विहार बनाउदा यहाँ राखिएको खुलेको बताइन् । शर्माका अनुसार राजा अंशुवर्माको नाम समेत खुलेको कारण यो लिच्छिवीकालको भएको पुष्टी भएको छ । यसमा ५ सय ३६ सम्बत लेखिएको छ ।
दरवार स्क्वायर वाहिर नै सुरक्षित हुने गरेर राखिने उनले निर्देशक लाखेले बताए । उनले भने, ‘तर अहिले नै निर्णय भने भइसकेको छैन ।’
ढल खान्ने क्रममा सोमबार शिलापत्र देखिएको थियो । मंगलबार साँझ यस शिलालेखलाई पाटन दरवारको मुलचोकमा राखिएको हो ।
लामा कन्ट्रक्सनका सुपरभाइचर प्रकाश दर्नालले शिलालेख भेटिएको ठाँउभन्दा तल पहिले नै पाइप गाडिएको देखिएकोले यहाँ पहिले नै माटोले पुरेर राखेको हुनसक्ने बताए । उनले भने, ‘हामीले माटो खन्ने क्रममा ढुंगा देख्यौ । खन्दै जाँदा त शिलालेख पो रहेछ ।’
पुरातत्वविद् प्रकाश दर्नालले दरवार परिसरमा खन्ने क्रममा सिक्काहरुसमेत भेटिएको बताए ।
पशुपति, पञ्चमार्कलगायतका मुद्रा भेटिएका छन् । यी सिक्काहरु पुरात्विक दृष्टिकोणबाट धेरै महत्वपूर्ण लाखेको भनाइ छ ।
दरवारपरिसरमा पाइप राख्ने क्रममा हेरिटेज इम्प्याक्ट एसिस्टमेन्ट (एचआइए) गरेर पाइप राख्न थालिएको हो । दरवारपरिसरमा पुरातत्वको निगरानीमा खनिएको छ ।
एशियाली विकाश बैंक र ललितपुर नगरपालिकाको लगानीमा मंगलबजारदेखि शंखमुलसम्म ढल राख्न खन्ने काम भइरहेको हो ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : ५६ बजे